दुर्भाग्य :पीपी कोइराला (लघुकथा)

दुर्भाग्य :पीपी कोइराला (लघुकथा)
कपन अनलाइन
काठमाडौं,माघ २६।
दुई भाइको तपस्याबाट ब्रह्माजी साह्रै खुशीहुनु भएछ ।  नजिकै गएर जेठोलाई भन्नु भएछ, ‘वरदानमाग ।’
जेठोले आफ्नो भाग्यखुलेको देखेर छक्क पर्दै सोच्नथालेछ, ‘सबैथोक मागे पनि छेउमै कान्छोले सुनिराको छ । बढी मागी हाल्छ नि ।अहँ, सुरूमै हुन्न ।’
वरदानदिने समय कटेको देखेर ब्रह्माजीले हकार्दै भन्नुभएछ, ‘अब
एक मिनट ढिलो भयो भने मेरो वरदानतिमीहरू दुबैलाई लाग्दैन, छिटो माग ।’
जेठोले हतारिदै भनेछ, ‘भाइको भन्दा दोब्बर होस्,  प्रभु !’
ब्रह्माजीले तथास्तु भने र कान्छो नजिक गएर भन्नु भएछ, ‘छिटो वरदानमाग ।’
दाजुको बठ्याईँ बुझेर हैरान भएको भाइले भनेछ, ‘प्रभु, मेरो एउटा आँखा फुटोस् ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।