गणेश मावि ब्यवस्थापन समिती गठनमा वडा नं २ का चार वडा सदस्य असंतुस्ट,नगरमा निवेदन
कपन अनलाइन
काठमाण्डौ ,माघ १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको गणेश माविमा विध्यालय ब्यवस्थापन समिती गठन प्रति चार जना वडा सदस्यहरुले असहमति जनाएका छन।
माघ १९ गते नगर प्रमुख मिठाराम अधिकारीलाई निवेदन बुझाउदै वडा सदस्यहरु बिनोद लामिछाने , राजकाजी श्रेष्ठ ,पार्वती श्रेष्ठ र सीता सुनारले वडा समितीको २०८० जेठ २२ गतेको निर्णय त्रुटीपूर्ण रहेको बताएका छन।
सो दिन भएको विध्यालय ब्यवस्थापन गठन सम्बन्धी निर्णयमा आफुहरुको सहमती र समर्थन नरहेको र त्यसमा हस्ताक्षर समेत नगरेको भन्दै उनीहरूले छानबीनको माग समेत गरेका छन।
नगर प्रमुखलाई वडा सदस्यहरुले बुझाएको निवेदनमा गणेश माविमा नियम संगत ब्यवस्थापन समिती गठन हुनुपर्ने माग गरिएको छ।
निवेदन :
तपाइँको प्रतिक्रिया ।