बुढानिलकण्ठ क्षेत्र विकास समितीका अध्यक्ष तथा सदस्यहरुको पदभार ग्रहण
कपन अनलाइन
काठमाण्डौ ,माघ १९।
बुढानिलकण्ठ क्षेत्र विकास समितीका अध्यक्ष तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन । बुढानिलकण्ठ मन्दिर परिसरमा नगर प्रमुख मिठाराम अधिकारीको उपस्थितिमा पदभार ग्रहण संपन्न भएको हो। माघ १५ गते बसेको बुढानिलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका खड्काले बुढानिलकण्ठ मन्दिर सहित क्षेत्र विकास समिति अन्तर्गत रहेका सांस्कृतिक र धार्मिक सम्पदाहरुको संरक्षण ,सम्वर्धन र प्रवर्धनको नेतृत्व गर्नेछन।
बुढानिलकण्ठ क्षेत्र विकास समितीको सदस्य सचिवमा राजेन्द्र खड्कालाई चयन गरेको उक्त बैठकले समितीको सदस्यहरुमा राजु अधिकारी ,ज्ञानकाजी श्रेष्ठ ,गणेश कुँवर,रामजी उपाध्याय,नारायण दुलाल ,मंजु बस्नेत थापा र सुशील महर्जनलाई सदस्यमा चयन गरेको छ।
तपाइँको प्रतिक्रिया ।