देशको कथा : ललिता ‘दोषी’ (कविता )
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
देश रुँदैछ
आफ्नै स्वार्थ हेर्नाले
फुङ्ग हुँदैछ ।
नेताको मन
किन भयो ढ्ङ्गाझैँ
बुझ्नै सकिनँ ।
सधैँ छ रात
लोकतन्त्र आए नि
शून्य भो हात ।
बाँदर चाल
अभागी नेपालीको
गिर्दो छ हाल ।
दिन ढल्दैछ
नेपालीको मुटुमा
आगो बल्दै छ ।
निब्दैन आगो
सम्झेका छन् यो देश
पेवा हो बाको ।
लाग्दैन घाम
शिशिरमै बित्ने भो
सबै नै याम ।
देश छ स्वर्ग
सत्ताधारिहरूले
बनाए नर्क ।
अग्लो थ्यो शिर
स्वार्थमा नै डुबेर
रोपे नि तीर ।
देश रुँदैछ
आफ्नै स्वार्थ हेर्नाले
फुङ्ग हुँदैछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।