सन्तान : रोशन पराजुली (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस २८।
केही थान जीवनका आरोह अवरोहलाई पाण्डुलिपिमा उतार्न उसले कैयन बर्ष बितायो ।
समयको उत्तरार्धले केही शिक्षा ग्रहण गर्ने मौका नि दिएको थियो ।
परिवार, साथीसंगि, ईष्टमित्र, नातागोता र जागिरवाट पाएको अनुभुतिले उसलाई पाठशालाको याद दिलाएको थियो ।
जन्मदिने वाआमालाई पहिलो गुरु र कखरा सिकाउने शिक्षक उस्कालाई सम्मानयोग्य थिए ।
श्रीमती र सन्तान उसका लागि जीवनका अमुल्य पात्र थिए ।
साहित्यमा रुचि भएका कारण साहित्यिक गुरु नै उसका मार्ग निर्देश भएका थिए । जीवन के हो, भोगाई के हो ? सबै कर्मका आधार मान्ने उ आफुलाइ भाग्यमानि ठानि रहेको थियो । सम्मानिय् साहित्यकार ‘उत्सव’ हजुरलाई यस गरिमामय मञ्चमा स्वागत छ ।
सभाहल गड्गडाहट गुन्जिरहेको थियो । उद्घोषका आवाजले उसका नजर मंचमा आसिन गुरुहरुका हातमा तर्फ थियो । हलभरि सबैका हातमा ‘जीवनचक्र’ झुलिरहेका थिए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।