चन्द्रागिरि नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर विरुद्द भ्रष्टाचार मुद्दा दायर

चन्द्रागिरि नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर  विरुद्द भ्रष्टाचार मुद्दा दायर

कपन अनलाइन

काठमाडौं,पुस २३ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ मा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सब–इन्जिनिर पन्तले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छ्न ।

पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेकाे भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान शुरु गरेको थियो ।

अख्तियारको टंगालमा रहेको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा केही दिनअघि पक्राउ गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।