काठमाण्डौ क्षेत्र नं ४ को मैदान छाड्न राजी छैनन डा.राजन भट्टराई………

काठमाण्डौ क्षेत्र नं ४ को मैदान छाड्न राजी छैनन डा.राजन भट्टराई………

कपन अनलाइन

काठमाण्डौ,पुस १६।

२०७० सालमा भएको संविधान सभाको सदस्य बने संगै काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिमा प्रत्यक्ष रुपमा सक्रिय रहेका   नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई अहिले वडा अधिवेसनहरुमा व्यस्त रहेका छन।

२०७४ सालको प्रतिनिधि सभा सदस्य पदको लागि क्षेत्र नं ४ मा उम्मेदवार बनेका डा.भट्टराई बुढानिलकण्ठ नगरपालिका वडा नं १० र वडा नं २ को अधिवेसनमा प्रमुख अतिथि रहेका थिए।

२०७९ सालको निर्वाचनमा दिश्रो पटक काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेदवार बनेका डा.भट्टराईले  नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेको समयमा विदेश मामिला सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै बजेट व्यवस्थापन र पूर्वाधार विकासमा महत्वपूर्ण काम गरेका थिए।

पुस २१ गते हुने बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अधिवेसनको प्रमुख अतिथि रहेका डा.भट्टराईले नेकपा एमालेको संकल्प यात्रामा सहभागिताका कारण काठमाण्डौ जिल्ला मा पहिलो अधिवेसन सम्पन्न गर्ने बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीको अधिवेसनमा भने सहभागी हुन् सकेका थिएनन।

पुस २८ गते हुने वडा नं ११ कमिटीको अधिवेसनमा प्रमुख अतिथि रहेका डा.भट्टराईको काठमाण्डौ क्षेत्र नं ४ मा सक्रियता क्षेत्रको राजनीतिक मैदान थप मजबुत बनाउने तयारीका रुपमा विश्लेषण गर्न थालिएको छ।

राजनीतिक विश्लेषकहरुले नेकपा एमालेलाई कठिन क्षेत्र भनेर चर्चा गरिएको काठमाण्डौ क्षेत्र नं ४ मा लगातार दुई पटक उम्मेदवार बनेका डा. भट्टराईले राजनीतिक संगै अन्य गतिविधिहरुलाई प्राथमिकताका साथ अगाडी बढाएका छन भने वडा नं १० को अधिवेसनमा सम्बोधन गर्दै निर्वाचनको निर्मम बहस गर्ने संकेत समेत दिएका छन।

स्थानीय र प्रदेश निर्वाचन सानदार तरिकाले जित्ने तर संघीय निर्वाचनमा परिणाम फरक हुने विषयका वारेमा सो अधिवेसनमा  खुल्ला चर्चा गरेका डा.भट्टराईले क्षेत्र नं ४ का समस्या तथा सम्भावनाहरुका वारेमा पनि सम्बोधन गरेका थिए।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।