नेकपा एमाले बुढानिलकण्ठ -११ को नबिन प्रयास : जनप्रतिनिधिहरु संग नियमित संवाद

नेकपा एमाले बुढानिलकण्ठ -११ को नबिन प्रयास : जनप्रतिनिधिहरु संग नियमित संवाद

कपन अनलाइन
काठमाडौं, पुस ४।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीले निर्वाचित जनप्रतिनिधिहरु सग नियमित संवादको शुरुवात गरेको छ।

हरेक शुक्रवार नेकपा एमालेका तर्फबाट विभिन्न मुद्दाहरुका वारेमा नियमित संवाद शुरु गरिएको नेकपा एमाले बुढानिलकण्ठ -११ कमिटीले जानकारी दिएको छ।

यसै क्रममा पुस ३ गते वडा नं ११ कमिटीको कार्यालयमा आयोजना गरिएको संवाद कार्यक्रममा बागमती प्रदेश सभा सदस्य जयराम थापा , बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी , वडा नं ११ का अध्यक्ष राजु अधिकारी लगायतको सहभागिता रहेको थियो।

निर्वाचित जनप्रतिनिधि र पार्टी विच नियमित संवाद गर्दै विकास निर्माण र अन्य जनसरोकारका मुद्दाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सो अभियान शुरु गरिएको जानकारी दिदै वडा नं ११ कमिटीका अध्यक्ष कृष्ण भट्टराईले आगामी दिनमा पनि सो कार्यक्रमलाई निरन्तरता दिने बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।