शुभकामना : मन्जिला अनिल (कविता )

शुभकामना : मन्जिला अनिल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३०।

शुभबिहान उदाउन नवज्योती छरी
मुस्कुराउदै धरतीको आगनीमा
लटरम्म फुलुन मनभरी फूल
प्रेमिल शुभासिष सौन्दर्य बागमा

भव निश्चल होउन भावभावमा
निरन्तर गुन्जियोस शुभकाममा
निरन्तर लहरि लटरम्म झुलुन
प्रभात बनिबसोस् मन मुटुहरुमा

प्रगति बनुन कदमहरु प्रत्येक कर्ममा
राग द्वेश ईष्या हटोस अन्तष्करणमा
शुभकार्यको शुभकामना शुभ उदयमा
शुभै –शुभ बनिदिउन यही शुभकामना

अन्नकोटि शुभभाबले उच्चशिखर चूमी
बर्सिउनआशिष सदा जीतको मालाउनी
शुभकामना हरपल हरघडी शुभक्षणको
अँगालुन चन्द्रसूर्यले नझुक्ने स्वाभिमानको
शुभकामना –शुभकामना–शुभकामना
अंग्रपंक्तिमाअग्रबनोस अन्तराष्ट्रमा !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।