गीत : अम्बिका खड्का

गीत : अम्बिका खड्का
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।

तिमी भित्र तिम्लाई पाउन म आफै हराए
त्यो मनको साँघु तर्दा बाटो काँ बिराएँ ।
लौन बाटो काँ बिराएँ

तिमी बिना भेटिएन उमंगका लहर
खुशीका ति आशा अनि मायाका ति शहर
लौन मायाका ति शहर।

लैजा चरि बोकि सन्देश उनैलाई सुनाइदे
फेरि पनि सोधे भने यो गीत गुन गुनाइदे
लौन यो गीत गुन गुनाइदे।

बिट मार्दै रहरका यि सानो पोका बनाई
भासिरैछु कता कता त्यै पोका समाई
रहरमा जिउन पनि छुट्टै मजा भयो
जीवनलाई बुझ्न मलाई आधी उमेर गयो
लौन आधी उमेर गयो।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।