बाल उद्दारको व्यवस्थापन समिती छनौट : धुर्व प्रसाद घिमिरेको पछाडी अभिभावकको लाइन

बाल उद्दारको व्यवस्थापन समिती छनौट : धुर्व प्रसाद घिमिरेको पछाडी अभिभावकको लाइन

कपन अनलाइन

काठमाण्डौ,मंगसिर २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको नमुना विद्यालय बाल उद्दार मावीको विद्यालय व्यवस्थापन समिती चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

आज मङ्सिर २२ गते विद्यालय भएको भेलाले दुई जना सदस्य चयन गरे संगै व्यवस्थापन चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको हो। अभिभावक भेलाले दुई जनालाई अभिभावकलाई सदस्यमा निर्वाचित गरेसंगै वडा कार्यालयले ३ जना सदस्य मनोनित गर्नेछ भने शिक्षक प्रतिनिधि सहित विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने छन।

आजको अभिभावक भेलाले सदस्य पदमा निवर्तमान अध्यक्ष धुर्व प्रसाद घिमिरे र पवित्रा राना मगरलाई सदस्यमा निर्वाचित गरेको  छ। औपचारिक कार्यक्रम सहित भएको अभिभावक भेलाले घिमिरे र राना मगरलाई अध्याधिक मत सहित निर्वाचित गरेको थियो।

लामो समयदेखी प्रत्यक्ष राजनीतिको केन्द्रमा रहदै आएको बाल उद्दार मावीमा व्यवस्थापन समिती सदस्यमा निर्वाचित भए संगै अभिभावहरुको दरिलो साथ पाएका  निवर्तमान घिमिरे पुन :अध्यक्ष बन्ने अनुमानले नगरपालिकाको राजनीतिक माहोल निकै तातेको छ।

शिक्षा नियमावली -२०५९ का अनुसार  विद्यालय व्यवस्थापन समितिमा सात सदस्य मध्ये एक जनप्रतिनिधि सहित तिन जना वडा कार्यालयले चयन गर्नेछ भने एक शिक्षक प्रतिनिधि शिक्षक मध्येबाट छनोट हुनेछन जसको सदस्य सचिव विद्यालयका प्रधानाध्यापक रहने प्रावधान रहेको छ।

 

तपाइँको प्रतिक्रिया ।