लैङ्गिक हिंसा विरूद्व १६ दिने अभियान: बुढानिलकण्ठ-१२ मा अन्तक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ,मङ्सिर १७।
बुढानीलकण्ठ नगरपालिका वडा नं १२ र कपन महिला समाज नेपालको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) का प्रदेश सभासद् जयराम थापाको प्रमुख आतिथ्यतामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा लैगिङ्ग हिंसा र कानुनि उपचारका विषयमा अन्तरक्रिया गरिएको हो ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले लैङ्गिक हिंसाका विषयमा वडा आउने समस्याहरू ,त्यलाई समाधान गर्न वडाले खेल्ने भुमिकाका वारेमा प्रष्ट पारेको सो कार्यक्रम वडा नं १२ की सदस्य तथा सामाजिक विकास संयोजक शान्ता ढकाल अध्यक्षतमा भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष ,समुहका पुर्वअध्यक्षहरू,संस्थाका पदाधिकारी तथा वडाबासी आमा दिदीवहिनीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संचालन तथा लैङ्गिक हिंसा र कानुनी उपचारका विषयमा संस्थाको सचिव पुष्पा खड्काले प्रस्तुतिकरण दिएकी थिइन् ।