साहिरा बाल लघुकथा सङ्ग्रह  : अरुणबहादुर खत्री नदी (पुस्तक परिचय)

साहिरा बाल लघुकथा सङ्ग्रह  : अरुणबहादुर खत्री नदी (पुस्तक परिचय)
 कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९।
साहिरा नामक बाल लघुकथासङ्ग्रह स्रष्टा कमला देवकोटाको नयाँ कृति हो । उनका थुप्रै कृति निस्किसकेका छन्् । यो बाल लघु– कथासङ्ग्रहभित्र उनीद्वारा लेखिएका चारवटा छोटा छोटा बाल लघुकथा राखिएका छन् । लघुकथाको शीर्षक भने राखिएको छैन । पहिलो बाल लघुकथामा मेरो नाम साहिरा देवकोटा हो । मेरो जन्म वि.सं. २०७६ साल फागुन १५ गते मेडिसिटी अस्पतालमा भयो । मेरो बाबा बैकर हुनुहुन्छ भनेर लेखिएको छ ।
कोरोना सङ्क्रमणको कहरबाट गुज्रेका भाइबहिनीहरुका मनमस्तिष्कमा उब्जेका जोड घटाउका घटकहरु हुन् । घरमा हुर्कदै गरेकी नातिनीबाट प्रभावित भै कमलाले आफ्ना पूर्व खुड्किलाहरुका यादलाई समेत यसभित्र बिर्साएकी छिन् । साच्चै भन्नुपर्दा बालहृदय निष्कलङ्क, निश्छल, निर्भीक र मनमोजी हुन्छ ।
दोस्रो बाललघुकथाभित्र मलाई कुकुर, बिरालो मन पर्छ । म मामाघरमा खुबै रमाउँछु । मलाई सबैले अति माया गर्नुहुन्छ । मेरो जन्मदिन घरमा र मावलमा रमाइलोसँग मनाइयो भनेर कमलाले लेखेकी छिन् । सानै रुपको पुस्तक भए पनि यो साहीराले नयाँ स्वाद अवश्य नै दिनेछ । बालिकाकै भाकामा प्रस्तुत गरिएको यो सामग्री आत्मकथाको रुपमा उपस्थित छ ।
तेस्रो बाल लघुकथाभित्र २०७८ सालको वैशाखमा मेरी आमालाई पनि कोरोना देखियो । उहाँलाई छुट्टै कोठामा राखेर सबैले राम्रो उपचार गर्नुभएछ । बीस दिनपछि परीक्षण गर्दा नेगेटिभ आएछ । हजुरआमा र बाबाहरु खुसी हुनुभएछ भनेर स्रष्टा कमलाले लेखेकी छिन् ।
चौथो तथा अन्तिम बाल लघुकथामा अभैmं अर्को कोरोनाको रुप (ओमिक्रोन भाइरस) आएको छ रे । हामीले नियम मिच्न हुँदैन । सबै सतर्क हुनुपर्छ भनेर कमलाले लेखेकी छिन् । नसक्ने काम गर्न खोज्नु, जान नसकिने ठाउँमा जान खोज्नु, आफ्ना पराई थाहा नहुनु यस समयका विशेषता नै हुुन् । बालकलाई पढेर संसार भुलिन्छ । दुखेको मन सन्चो हुन्छ । पीडा गायब हुन्छ भनेर स्रष्टा कमलाले लेखेकी छिन् । यस पुस्तकभित्र साना बच्चाको तस्बीर पनि राखिएको छ । यो बाल लघुकथासङ्ग्रह सबै भाइबहिनीले पढ्नै पर्छ । यस पुस्तकको मूल्य रु.एकसय पाँच राखिएको छ । प्रकाशक स्रष्टा कमला देवकोटा नै हुन् । पृष्ठ संख्या १६ को यो पुस्तक २०७९ जेठमा प्रकाशित भएको छ ।
पुस्तकः साहिरा बाल लघुकथा सङ्ग्रह
लेखकः कमला देवकोटा
प्रकाशकः कमला देवकोटा
संस्करणः पहिलो २०७९ जेठ
पृष्ठः १६
मूल्यः रु.१०५।–
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।