चोर त बिराला भएछन : कृष्ण काफ्ले (कविता )

चोर त बिराला भएछन : कृष्ण काफ्ले (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ९।

चोरले चोरलाई चोर भन्यो
त्यो पनि हुंकार छोडेर
चोर मुस्कुरायो
चोरले तालि बजायो
चोरले बिरोध गर्यो
जब चोरेको प्रमाण
चोरले खोज्यो
चोरहरुको चित्कार
सुनिन थाल्यो
तिरस्कार सुनिन थाल्यो
प्रमाण खोज्ने चोर
धम्कि दिन थाल्यो
आरोप लाग्ने चोर मस्किन थाल्यो
एउटा चोरको प्रमाण
अर्को चोर संग
अर्को चोरको प्रमाण
अर्को चोरसँग
जब लोकले देख्न थल्यो
लोकले खोज्न थाल्यो
चोर त बिरालो भएछन्
गु हगेर लुकाएछन्
अन्तिममा चोरेको प्रमाण
नपुग्ने बनाएछन्
चोर त बिरालो भएछन्
हगेर लुकाएछन्, लुकाए छन् ।।
अनि चोर जति एक भएछन्
अनि भन्न थाले छन
तै चोर, मै चोर
मिलेर भकारि फोर
चोरेको छैन, चोरेको होइन
भन्ने स्वर, करा चोर जोर जोर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।