चार मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९।
शब्द कोष अथाह सागर हो
यो त सम्पन्नताको सगर हो
यसले जीवन पूर्ण बन्छ नै
यो त पुर्णता दिने गागर हो ।
देशमा विकृति छाएको बेला
उन्नति कत्ति नभएको बेला
एकले अर्कोलाई कष्ट दिने
असह्य वेदना आएको बेला ।
बलेको आगो ताप्ने भन्छन्
मानव महत्व नाप्ने भन्छन्
निभेको आगो महत्व हँुदैन
त्यसैले बलेको नै चाप्ने भन्छन् ।
जीवन अमुल्य बस्तुको कथा हो
यो अति रमणीयताको गाथा हो
यस्लाई चाहिन्छ सुन्दर भाग
यो विश्व कै अस्मरणीय माथा हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।