कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ४।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा आज यस्तो निर्णय लिएको हो ।
जसअनुसार आगामी एक महिनासम्म सो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई कुनै खालको पनि प्रदर्शन गर्न नपाइने काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतले जानकारी दिएका छन ।
एउटै मितिमा विभिन्न समूहले विरोध प्रदर्शनजस्ता कार्यक्रम आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने भन्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम उक्त क्षेत्र निषेधित घोषणा गरेको हो ।
प्रशासनले पद्मोदय मोडदेखि सिंहदरवार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो।
एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भन्दै प्रचार गरेपछि प्रशासनले यस्तो निर्णय लिएको हो ।
सुचना :