व्यापार : सुरेशकुमार पाण्डे ( लघुकथा)

व्यापार : सुरेशकुमार पाण्डे ( लघुकथा)
कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २६।

‘यसको इञ्जन् र टायर बाहेक मैले दश हजारभन्दा धेरै रूपियाँ दिन सक्दिनँ । म कुनै पनि कवाड किनबेचबाट थोरै नाफा लिएर आफ्नो जीविकोपार्जन गरेको छु, हजुर !’ मखनलालले सेंठ मुरलीधरलाई आफ्नो अवस्था बतायो ।

‘भाइ ! यो कार हो । रिक्सा,  अटो होइन।मैले किन्नेबेला सेकेन्हैण्ड लिएको भएपनि दश लाख दिएर परारको बर्ष लिएको थिएँ । यो पहाडबाट गुल्टियो र धुजाधुजा भयो । बिमा थिएन ।’ सेंठ मुरलीधरले आफ्नो विगत ओकल्यो  ।
‘त्यसो भए जता धेरै पैसा मिल्छ, उतै दिए त भैगो नि हजूर !’
‘मैले त यसबाट केही कमाइ होला भनेर किन्ने हो नि !’ मखनलालले सुझायो ।
उसो भए अलि मिलाएर लैजाऊ, भाइ । सेठले फेरि पनि आफ्नो अड्डी छाडेन् । मखनलाल त्यहाँबाट हिंड्यो ।
सेठले त्यो कवाडी भैसकेको कार  दोकानमा दिने निधो गर्यो। कबाडलाई एउटा गाडीमा राख्यो।बजारको ठुलो कवाडी बिक्रेता कहाँ पुरायो । गाडीवÞालाले भाडा पाँच सय लियो । सेंठले उसलाई आठ हजार थमायो । ऊ त्यँहा केही बोलेन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।