बुढानिलकण्ठका कर्मचारीमा दरार :आन्दोलनमा निजामती,काममा अस्थायी,ज्यालादारी र करार

बुढानिलकण्ठका कर्मचारीमा दरार :आन्दोलनमा निजामती,काममा अस्थायी,ज्यालादारी र करार

कपन अनलाइन

काठमाण्डौ ,असोज २०।

बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुमा दरार देखिएको छ। असोज १९ गते शुक्रवार नगरपालिकाका निजामती कर्मचारीहरु आन्दोलनमा गए संगै  अस्थायी,ज्यालादारी र करार कर्मचारीहरुले सामाजिक संजालमै लेखेर असन्तुस्टी जनाएका छन।

संघीय निजामति ऐन विरोधमा सम्पूर्ण कामहरू स्थगित गरेर पेन डाउन  गरेका निजामती कर्मचारीहरु आन्दोलनमा सहभागी भए संगै नगरपालिकाका अन्य कर्मचारीहरुले त्यस कार्य प्रति असन्तुस्टी जनाउदै संजालमा लेखेका छन।

निजामती कर्मचारीहरुले आफ्नो माग पुरा गराउने समयमा हुल र शंख्या देखाउन करारलाई पनि स्थायी गराउनु पर्छ भन्ने तर आफ्ना माग र एजेन्डा पुरा गरिसकेपछि आन्दोलन स्थगित गरेर अस्थायी र करार कर्मचारीहरुको गलत प्रयोग गरेको आरोप लगाउदै उनीहरुले विभिन्न फोटोहरु पोस्ट गर्दै व्यंग्य समेत गरेका छन ।

आगामी दिनमा हुल देखाउन र शंख्या बढाउन कसैको पनि आन्दोलनमा प्रयोग नहुने भन्दै उनीहरुले करार कर्मचारीको स्थायित्वको ऐन नियम बन्न सक्दैन भने  सरकारलाई नियम विपरित जान पनि दवाव नदिने बताउदै आएका छन।

तपाइँको प्रतिक्रिया ।