दुई सहपाठी केदारराज पुडासैनी र शिव भट्टराई उम्मेदवार ,पुडासैनी खुल्ला भट्टराई भूगोलमा

कपन अनलाइन

काठमाडौँ, आश्विन ११।

नेकपा एमाले बागमती प्रदेश अधिवेसनमा महेन्द्र रत्न क्याम्पसका दुई  सहपाठी केदार राज पुडासैनी र शिव भट्टराई सदस्य पदका उम्मेदवार बनेका छन।

काठमाण्डौ क्षेत्र नं ४ बुढानिलकण्ठ नगरपालिकाबाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएका पुडासैनी बागमती प्रदेशको खुल्ला सदस्य पदमा उम्मेदवार बनेका छन भने काठमाण्डौ महानगरपालिकाबाट प्रतिनिधि बनेका भट्टराई काठमाण्डौ क्षेत्र नं ४ को भूगोलबाट उम्मेदवार बनेका छन ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गरेका पुडासैनीले सम्पर्क मंचको अध्यक्ष हुदै केन्द्रीय सम्पर्क समन्वय कमिटीको सदस्यका रुपमा योगदान पुर्याएका छन।

त्यस्तै अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गरेका भट्टराईले लामो समय जिल्ला कमिटी सदस्य हुदै विभिन्न कमिटीहरुमा आफ्नो योगदान पुर्याएका छन । निवर्तमान रास्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव रहेर महत्वपूर्ण योगदान पुर्याएका भट्टराई लामो समयदेखी काठमाण्डौ क्षेत्र नं ४ का विभिन्न जिम्मेवारीहरुमा सक्रिय रहेका छन ।

नेकपा एमालेको संगठन विस्तार र चुनावी मोर्चामा पद र ओहोदा नहेरी पार्टीको काममा निरन्तर लाग्ने छवी बनाएका पुडासैनीले  काठमाण्डौ  क्षेत्र नं ४ मा बुद्दिजीवी सहयोग समितीको अध्यक्षका रुपमा समेत योगदान पुर्याएका छन भने २०७९ मा विषम भनेर विस्लेषण गरिएको वडा नं १२ मा नेकपा एमालेलाई प्यानल नै विजयी बनाएर पार्टी जीवनमा चर्चा समेत कमाएका छन।

कपन बहुमुखी क्याम्पसका संस्थापक सदस्य रहेका उनि बाल कुमारी मावी ,बुनपा -१२ का व्यवस्थापन समिती अध्यक्ष रहेका छन भने वडा नं १० को बाल उद्दार मावीमा पनि व्यवस्थापन समिती सदस्यका रुपमा काम गरिसकेका छन।

साविक कपन गाविस र बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक , सामाजिक र शैक्षिक विकासमा निरन्तर सक्रिय रहदै   पार्टी विभाजन ,विभिन्न आरोह अवरोह र विषम परिस्थितिमा दरिलो रुपमा संस्थापन पक्षमा उभिने लडाकु नेताको पहिचान बनाएका छन।

 

तपाइँको प्रतिक्रिया ।