बागमती प्रदेश अधिवेसन : अल्पसंख्यक खुल्लाबाट टंक जिरेलको उम्मेदवारी
कपन अनलाइन
काठमाडौँ, आश्विन ११।
नेकपा एमाले बागमती प्रदेश अधिवेसनमा अल्पसंख्यक खुल्लाबाट टंक जिरेलले उम्मेद्वारी दिएका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा दोलखा जिल्लाको जिरी नगरपालिका प्रमुखमा निर्वाचित भएका जिरेलले नेकपा एमालेको प्रारम्भिक कमिटी देखि विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन ।
२०४९ सालको स्थानीय निकायको निर्वाचनमा साविक जिरी गाविस अध्यक्षमा निर्वाचित भएका जिरेलले २०३५ सालबाट राजनीतिक यात्रा शुरु गरेका थिए ।
” Clean Jiri, Green jiri,Oraganic Jiri ” का अभियन्ता समेत रहेका उनले जनप्रतिनिधिका साथ साथै राजनीतिक यात्रालाई पनि निरन्तर अगाडी बढाएका छन।
तपाइँको प्रतिक्रिया ।