नेकपा एमालेका नेता मधु अधिकारीले बागमती प्रदेश कमिटी सदस्यमा उम्मेद्वारी दिने
कपन अनलाइन
काठमाण्डौ,असोज ३।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सदस्य मधु अधिकारीले बागमती प्रदेस कमिटी सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन। असोज ८ र ९ गते काठमाण्डौमा हुने बागमती प्रदेश कमिटीको प्रथम अधिवेसनमा सदस्य पदमा उम्मेद्वारी दिने तयारी गरेका हुन्।
पंचायत काल देखि नै बामपन्थी आन्दोलनमा सक्रिय रहदै प्रारम्भिक कमिटी देखि संगठनमा आवद्ध भएर नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको सदस्य बनेका अधिकारी बुढानिलकण्ठ नगरपालिका कमिटीबाट प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन।
साविक कपन गाउँ कमिटीको प्रारम्भिक कमिटी ,वडा कमिटी ,गाउँ कमिटी ,इलाका कमिटी ,क्षेत्रीय कमिटी हुदै जिल्ला कमिटी सदस्य बनेका उनले यस पटक प्रदेस कमिटी सदस्यमा उम्मेद्वारी दिने तयारी गरेका छन।
साविक कपन गाविसमा कम्युनिस्ट पार्टीको विकास र विस्तारमा निरन्तर योगदान पुर्याउदै पटक पटक नेकपा एमालेलाई विजयी बनाउने कामको अग्रपंक्तिमा रहेर नेतृत्व गरेका अधिकारीले हालसम्म कुनै पनि लाभको पद लिएका छैनन।
चार पटक काठमाण्डौ क्षेत्र नं ४ को सदस्य तथा पटक पटक कपन गाउँ कमिटीको इन्चार्जका रुपमा काम गरेका अधिकारी हाल बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीको इन्चार्ज समेत रहेका छन।
२०४८ को संसदीय निर्वाचन ,२०४९ को स्थानीय निकायको निर्वाचन देखि २०५४ ,७४ र ७९ को निर्वाचनमा समेत नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन लागेका अधिकारीले सधै एकै पात्र र नेतृत्वको प्रवृतिले स्थान र भूमिका पाउँदा नया पुस्ताको वृति विकास र नेतृत्व क्षमतामा ह्रास आउने देखिएकोले यस पटक परिवर्तनका लागि आफुले उम्मेद्वारी दिने तयारी गरेको बताएका छन।