बागमती प्रदेस प्रतिनिधिमा विधान विपरित मापदण्ड लादिएको भन्दै संगठन विभागमा उजुरी

बागमती प्रदेस प्रतिनिधिमा विधान विपरित मापदण्ड लादिएको भन्दै संगठन विभागमा उजुरी
कपन अनलाइन
काठमाडौँ, भाद्र ३०।

बागमती प्रदेस प्रतिनिधिमा विधान विपरित मापदण्ड लादिएको भन्दै संगठन विभागमा उजुरी परेको छ।

नेकपा एमाले केन्द्रीय सचिवालयको २४ औ बैठकले गरेको निर्णयलाई समेत उल्लङ्घन गर्दै विधानमा रहेको अस्पस्ट मापदण्डको हवाला दिदै धेरै स्थानका प्रतिनिधि छनौटमा माथिल्लो नेतृत्वले केन्द्रीयता लादने प्रयास गरे संगै बागमती प्रदेशका विभिन्न पालिकाहरुका नेता तथा कार्यकर्ताहरुले संगठन विभागमा स्पस्ट निर्देशनका लागि अनुरोध गरेका छन।

यसै क्रममा बागमती प्रदेसको धुनिवेसी नगरपालिकाका १४ जनाले नेकपा एमालेको केन्द्रीय संगठन विभागमा उजुरी हाल्दै स्पस्ट निर्देशन दिन माग गरेका छन। उक्त पत्रमा प्रदेस प्रतिनिधिमा पनि उम्मेदवार कै मापदण्ड कायम राखेर भौगोलिक र युवा सहभागितालाई निरुत्साहित गरिएको उल्लेख गरिएको छ।

नेकपा एमाले बागमती प्रदेस कमिटीले प्रतिनिधि हुनका लागि स्पस्ट मापदण्ड नातोकिदिदा समस्या देखिएको भन्दै उनीहरुले स्पस्ट गरिदिनका लागि माग समेत गरेका छन।

त्यस्तै बागमती प्रदेस अधिवेसनमा प्रतिनिधि छनौट गर्दा केन्द्रीय सचिवालयको निर्देशन पालना नगरिएको देखिएको छ। युवा प्रतिनिधित्वका सवालमा केन्द्रले गरेको स्पस्ट निर्देशन देशको राजधानी काठमाण्डौकै कतिपय पालिकामा पालना नागिएको गुनासो बढेको श्रोतले जानकारी दिएको छ ।

यस्तो छ केन्द्रीय सचिवालयको सर्कुलर :

माथिको सर्कुलरका आधारमा युवा सहभागिता हुनुपर्नेमा असोज ८ र ९ गते हुने अधिवेसनमा हुन् सक्ने सम्भावित निर्वाचनको आंकलन गर्दै प्रतिनिधि छनौटमा चलखेल भएको एक जिल्ला कमिटी सदस्यले बताएका छन।

केन्द्रीय कमिटीक सर्कुलर र प्रेस बिज्ञप्तिलाई समेत बेवास्ता गर्दै प्रतिनिधि छनौटमा विधानको धारा ६३ मा रहेको अस्पस्ट प्रावधान लागु हुदा काठमाण्डौका ११ वटै पालिकामा युवा प्रतिनिधित्व निकै न्यून बन्ने  उनको भनाइ रहेको छ।

 

तपाइँको प्रतिक्रिया ।