बागमती प्रदेस अधिवेसन : बुढानिलकण्ठबाट नेतृ सिता पौडेलले प्रतिनिधिमा उम्मेद्वारी दिने

बागमती प्रदेस अधिवेसन : बुढानिलकण्ठबाट नेतृ सिता पौडेलले प्रतिनिधिमा उम्मेद्वारी दिने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २१।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य सिता पौडेलले बागमती प्रदेस अधिवेसनका लागि बुढानिलकण्ठ नगरपालिकाबाट प्रतिनिधिमा उम्मेद्वारी दिने भएकी छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा बसोवास गर्दै आएकी पौडेलले असोज ८ र ९ गते काठमाण्डौमा हुने अधिवेसनका लागि बुढानिलकण्ठ नगरपालिकाबाट प्रतिनिधि बन्नका लागि उम्मेद्वारी दिने तयारी गरेकी छन।

नेकपा एमाले केन्द्रीय सहकारी विभागको सदस्य समेत रहेकी पौडेल लामो समयदेखि सहकारी तथा राजनीतिक आन्दोलनमा सक्रिय रहेकी छन।

हाल बागमती प्रदेस अधिवेसनमा आर्थिक उपसमिति सदस्य समेत रहेकी पौडेल मिसन ग्रासरुट अभियानमा बुढानिलकण्ठ नगरपालिका सहित विभिन्न अभियानमा समेत निरन्तर सक्रिय रहदै आएकी छन।

पौडेल संगै करिव ४ जना महिला प्रतिनिधि पाउने सम्भावना रहेको बुढानिलकण्ठ नगरपालिकाबाट रमादेवी राई ,सुमित्रा त्रिपाठी पाण्डे ,भगवती निरौला, सरिता निरौला ,निर्मला खड्का , सुशिला सिलवाल लगायत सम्भावित उम्मेदवारका रुपमा रहेका छन।

तपाइँको प्रतिक्रिया ।