सौतेला : लोकनाथ पुडासैनी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १६।
‘बरखीन फुक्दै हतार गरेछौ त ध्रुव ?’
‘छोराछोरी बालखै छन् । एकलसरो भइगइयो । तिनको लालनपालन रेखदेख गर्ने कोहीभएन । त्यसैले … !’ सोध्नेहरूलाई उसको जवाफहुन्थ्यो ।
कान्छी श्रीमतीले पनि दुईचार दिन त माया गरे झैँ गरी । त्यसपछि आफूले ढलेको सिन्को नउठाइ तिनैलाइ काममा जोताउन थाली । हुँदाहुँदा नचाहिँदो कुरा लगाएर उनीहरूका विरूद्ध लोग्नेलाई भड्काउन थाली । श्रीमतीका कुरा पत्याएर ध्रुव पनि ती अबोध माथि खनिन थाल्यो – ‘…लौ खा ! बढो आमालाई दुःखदिँदो र छ ! फेरि पनियसो गरिस् भने निको हुँदैन, बुझिस् ?’ ठूलो छोरा र छोरीलाई आखा तर्दै कान्छो छोरालाई गालामा डाम बस्ने गरी चड्कायो । ऊ रून पनि सकेन । निष्ठुरी बाउको मुख हेर्दै हिक्कहिक्कमात्रै ग¥यो ।
‘त्यो अपुताली खान आएकीले त त्यसो गरी गरी । बाउ भनाउँदाले नि ती नाबालक टुहुरा टुहुरीलाई किन डसेका होलान्, ठुल्दिदी ?“ पँधेरामा ध्रुवका भाउजू, बुहारी कुरा गरे ।
‘यिनका मात्रै के कुरा कान्छी, हामी मरेम् भने हाम्रालाई नि यस्तै व्यबहार हुन्छ । आमामात्रै हो र ? दोस्रो बिहेपछि बाउपनि त सौतेलै हुन् नि !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।