सचेत ग्राहक : अनु विज्ञाति (लघुकथा)

सचेत ग्राहक : अनु विज्ञाति (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

‘भर्खरै माझेर ल्याएको हुँ । सफा छ ।’ भनेर स्पष्टीकरण दिने वेटरको उसले सात्तो उडायो ।
‘तेरो हातका औँला गिलास भित्र छिराएर किन समाइस् ?’
‘त्यहाँ तेरो हातको कीटाणु सरेन अब ?’
‘मैले त्यही गिलासमा खाँदा सिधात्यो कीटाणु मेरो फोक्सोमा पुग्न सक्छ । मलाई इन्फेक्सन हुन सन्छ । म बिरामी पर्न सक्छु ।’
‘के थाहा, यही कारण मर्छु पनि कि !’
‘यदि त्यस्तो भयो भने तँजिम्मेवार हुन्छस् ?
आवाज अझैँ उचो बनाएर करायो,
‘मान्छेको स्वास्थ्य प्रति यति गैरजिम्मेवार बन्न मिल्छ होटलहरूले ?’
उसको चर्को स्वर सुनेका अरू ग्राहकहरू अर्डर गर्न छोडेर उसको कुरा सुन्न थाले ।
होटल मालिक ग्राहक भड्किने डरले हतारिँदै उसको छेउमा पुग्यो ।
उसले विनम्र भएर भन्यो, ‘उसको तर्फबाट म माफी माग्छु हजुर ! हजुरको लागि म आफै सर्भ गर्छु । भनिस्यो के लिइबक्सिन्छ ?’
उसले केही मत्थरिलो स्वरमा भन्यो, ‘बाँकी पछि थपौँला, अहिलेलाई एक खिल्ली खुकुरी चुरोट र एक बोतल लोकल झट्टै ल्याउनुस् ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।