त्यो एकाखोला : आरजे महेश भट्टराई (कविता )

त्यो एकाखोला : आरजे महेश भट्टराई (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

सल्ल बगेको त्यो एकाखोला
वर्षायाममा बाढी आउँदाआजकाल कस्तो होला?
गड्याङगुडुङ गरि सदा बर्खायाममा बाढी आउने
त्यो खोलाको विभिन्नकहानीथियो
तर
हजारौं रोपनीजग्गा र सयौं मान्छेको ज्यानलिने
त्यो एकाखोलाहिउँदमाझैं
सल्लबग्दो रैछ वर्षा पनि बाढी आउँदा ।
बाढीले सुन झैं पहेंलो धानबगाउँदापनि,
घरगोठ बगाउँदापनिगुहार – गुहार बचाऊभनेर
दाजुभाई कराउँदापनि
टुलुटुलु हेर्नु पर्ने,
लाटो झैं गर्नु पर्ने
दुःख लाग्छ यी रमिते कहानी ।
एकाखोलाको कहानीलामो छ……..

हलगोरु बगाएनकी लैना गाई, भैंसी बगाएनकी
बाँकी खै के नै राखो गा¥हो छ भन्न,
हलो जोत्ने साइलो दाई,
भारी बोक्ने माइलो दाईको इतिहास
यहीं खोलाले अन्त्यगरिदियो ।
सुन्दर खेतका फाँटहरू मिनेटमै बगायो
कलकल खेतसम्मपानीबग्ने ढल्के बा र रामे दाईको
झगडीया कुलो बगायो ।
यी त चानचुने कुरा भए
हजुर बुवाले वर्षाैदेखि बिस्कुन सुकाउने
बडेमानमूर्तिन ढुङ्गो कहाँबिलायो ।
असारे र चैते धान रोप्दातिम्रो मेरो भेटघाट हुने
त्यो गैरीखेत बगायो,
तिम्रो मेरो इतिहास रच्ने योजनापनि
त्यो गैरीखेत सँगसँगै कता हरायो ।
चाडपर्व र पित्रीकार्यमा मीठो धानको भात खुवाउने
खुम्बे खेत र च्यामा खेत रातारात बगायो
बिहानीपख उठेर हेर्दा सेतै बालुवा र ढुङ्गा देख्दा
यो मन कति रोयो भो धेरै कुरा नगर ।
यहीं एकाखोलाको उपद्रोले गर्दा सहन सकिन
बाउबाजेको इतिहास सुरु भएको
पवित्र स्थान छोड्ने निधो भयो
यहीँखोलाले हाम्रो वर्षाैदेखिको श्रम खोसियो ।
म मुग्लानभाँसिएतिमी खाडी भाँसियौ हेर काइलादाई
तिम्रो र मेरो पीडादायी कहानी फरक–फरक छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।