नेशनल प्याब्सन काठमाडौं जिल्लाको अध्यक्षमा होम बहादुर अधिकारी (मनोज) ले उम्मेदवारी दिने

नेशनल प्याब्सन काठमाडौं जिल्लाको अध्यक्षमा होम बहादुर अधिकारी (मनोज) ले उम्मेदवारी दिने

कपन अनलाइन
काठमाडौं, भदौ ५।

निजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन काठमाडौं जिल्लाको अधिवेशन यहि  भाद्र २७ गते  हुने भएको छ । अधिवेशन नजिकिदै गर्दा जिल्लाको नेतृत्व गर्न चाहने आकांक्षीहरु पनि देखिन थालेका छन ।

यसै क्रममा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्रिन्सिपल होम बहादुर अधिकारी (मनोज) ले पनि आफ्नो उम्मेदवारी घोषणा गरि प्रचार प्रसारका कार्यक्रमहरुलाई तिव्रता दिएका छन ।

हाल नेशनल प्याब्सन काठमाडौं जिल्लाको उपाध्यक्ष तथा तालिम बिभाग प्रमुख रहेर दर्जनौ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका लिडर तथा शिक्षक तालिम कुशलता र सफतापुर्बक सम्पन्न गरिसकेका होम बहादुर अधिकारी (मनोज) आफू अध्यक्ष बन्ने कुरामा शत प्रतिशत विश्वस्त रहेको बताउछन ।

मानव अधिकारको संरक्षण र प्रबर्धनका लागि बिश्वब्यापी रुपमा कार्यरत सस्था एम्नेस्टी ईन्टरनेशनल नेपालको केन्द्रिय उप-महासचिब, सफल युवा नेतृत्व बिकासमा योगदान गर्ने अन्तर्राष्ट्रिय सस्था जेसिजको केन्द्रिय नोमलोम कोर्डिनेटर,लायन्स, रोटरी र हिसान बागमती प्रदेश कमिटीमा रहेर काम गरेका  होम बहादुर अधिकारी(मनोज) ले आफु अध्यक्ष निर्बाचित भएमा नेशनल प्याब्सन काठमाडौलाई राजनीतिक प्रभाब र गुटबन्दीबाट मुक्त बनाउदै बिसुद्ध ब्याबसायिक र सम्मानित सस्थाको रुपमा विकास गर्ने बताएका छन।

सामुहिक नेतृत्व प्रणालीबाट एक सदस्य वा पदाधिकारी एक जिम्मेवारी मार्फत निजि बिध्यालयको ब्रान्डिङ र स्तर वृद्धि,आपतकालीन कोष स्थापना, गुणस्तरीय शैक्षिक वातावरण ,बैज्ञानिक मुल्यांकन प्रणाली र बिध्यार्थीहरुको ब्याबहारिक सीप बिकास केन्द्रित रहने बताउदै अधिकारीले  अतिरिक्त क्रियाकलापका लागि नियमित तालीम र ब्यबस्थापकिय सहयोगमा दिदै निजि बिध्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको अभिलेखिकरण गरी सम्बन्धित निकायमा पेश गर्ने योजना अघि बढाउने आफ्नो मुख्य काम रहने बताउदै सहयोगका लागि आग्रह गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।