बुढानिलकण्ठवासीलाई पिरोलिरहेको एक प्रश्न : नगरपालिका क्षेत्रमा खोला खोलिन्छ कि खोलिदैन ?

बुढानिलकण्ठवासीलाई पिरोलिरहेको एक प्रश्न : नगरपालिका क्षेत्रमा खोला खोलिन्छ कि खोलिदैन ?

कपन अनलाइन
काठमाडौं, भदौ ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० तथा  काठमाण्डौ महानगरपालिका वडा नं ६ र ७ को सिमानामा रहेको यज्ञमति र चखुंचा खोला खोलिए संगै अहिले बुढानिलकण्ठ नगरपालिका तर्फको भागमा खोला के गरिन्छ भन्ने प्रश्नले निकै बजार तताएको छ।

सामाजिक संजाल र संचार माध्यममा निकै चर्चा परिचर्चा भएको साततले देखि आरम्भ चोक सम्मको खोला अहिले खोलिएको छ भने त्यस भन्दा माथि के हुने भन्ने प्रश्न पनि संगै आएको छ।

खोला क्षेत्रमा घर रहेका स्थानीयहरु अकास्मात आएको समस्याले गर्दा निकै आक्रान्त र संसयमा रहेको समयमा डोजर चल्ने अभियान रोकिन्छ वा थप अगाडी बढछ भन्ने प्रश्न निकै पेचिलो बनेको छ।

यसै सन्दर्भमा कपन अनलाइनले खोला क्षेत्रमा पर्ने वडाका अध्यक्षहरु संग यस विषयमा जिज्ञाशा राख्दा उनीहरुको भनाइ निम्न रहेको छ ।

भुवन लामा ( अध्यक्ष : काठमाण्डौ महानगरपालिका वडा नं ६ )  :

काठमाण्डौ महानगरपालिका वडा नं ६ का अध्यक्ष भुवन लामाले आरम्भ चोक भन्दा माथिको क्षेत्रमा के हुन्छ ? भन्ने कपन कपन अनलाइनको प्रश्नमा अहिले बनेको संरचनालाई कायम राखेर ढल व्यवस्थापन गर्नुपर्ने बताएका छन ।

हाल वडा नं ६ र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को फैका चोक देखि आरम्भ चोक सम्म बक्स कल्भर्ट निर्माण भएको र बाढी तथा डुवानको ठुल्लो समस्या नदेखिएकोले हालको संरचना कायम राख्दै दाया बाया ढल व्यवस्थापन गर्न सकिने बताउदै अध्यक्ष लामाले ढल निकास भने खोलामा हाल्न नहुने पक्षमा आफु रहेको बताएका छन।

आज हुने काठमाण्डौ महानगरपालिका र बुढानिलकण्ठ नगर प्रमुख विचको छलफलबाट थप कुरा आउने बताउदै अध्यक्ष लामाले खोलामा मिसिसेको ढलको वारेमा विशेष योजना बनाउनु पर्ने बताएका छन।

नवराज भट्टराई (अध्यक्ष : बुढानिलकण्ठ नगरपालिका वडा नं १० ):

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईले कपन अनलाइनको प्रश्नमा तत्काल वर्षातको समयमा खोला खोल्दा यसले पार्ने गम्भीर अशर तर्फ सोच्नुपर्ने भन्दै सामुहिक छलफलपछि मात्र निर्णय लिने बताएका छन।

बुढानिलकण्ठ क्षेत्रमा खोला खोल्ने कि नखोल्ने ? भन्ने  विषयमा यसका सरोकारवाला ,जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरु विच बसेर सामुहिक छलफल पश्चात मात्र निस्कर्षमा पुग्ने बताउदै अध्यक्ष भट्टराईले हतारमा कुनै पनि निर्णय नगर्ने बताएका छन।

आफु  खोला क्षेत्र खोल्ने कुराको विरोधी नरहेको तर यसले पार्ने दुरगामी अशरका वारेमा पनि सोच्नुपर्ने हालको अवस्थाले देखाएको भन्दै अध्यक्ष भट्टराईले खोला खोलिसके पछि आउने समस्याको समाधानका वारेमा पनि ठोस योजना बनाउनुपर्ने आवस्यकता रहेको धारणा राखेका छन।

शम्भु प्रसाद भट्टराई (अध्यक्ष :बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ) :

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले तत्काल नगरपालिका क्षेत्रमा खोला खोल्ने काम अगाडी नबढ्ने बताउदै समग्र पक्षको वारेमा छलफल र विश्लेषण गरेर मात्र निस्कर्षमा पुग्ने बताएका छन।

हाल निर्माणाधीन रहेको बक्स कल्भर्ट निर्माणको काम जारी रहने बताउदै अध्यक्ष भट्टराईले आफ्ना नगरवासीलाई सुकुम्वासी बनाउने गरी बिना योजना खोला खोल्ने कार्य अगाडी बढाउन नसकिने बताएका छन।

यस विषयमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष संग सामुहिक छलफलको आवस्यकता रहेको भन्दै अध्यक्ष भट्टराईले बक्स कल्भर्ट संगै सो क्षेत्रमा ढल निर्माणका लागि पनि पहल गर्ने बताएका छन।

एकाएक विना योजना खोला खोल्दा देखिने समस्याका वारेमा गम्भीर हुनुपर्ने भन्दै अध्यक्ष भट्टराईले यसका विषयमा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा र प्रदेस सभाका सांसदहरु संग आज नै छलफल डाकिएको पनि जानकारी दिएका छन।

नगरवासी जनताको जनधनको सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा पर्ने र त्यसका लागि सबैले गंम्भिर बनेर सोच्नुपर्ने अवस्था आएको बताउदै अध्यक्ष भट्टराईले आफु खोला खोल्ने कुराको विपक्षमा नरहेपनि तत्काल भने खोला नखोलिने धारणा राखेका छन।

हाल साततले देखि आरम्भ चोक सम्म खोला खोलिसके पछिको अवस्थामा धेरै घरहरु बाटो बिहिन बनेको र त्यसले वातावरण र मानवीय जिवनमा समेत गम्भीर अशर परेको जनगुनासो व्यापक बनेको अवस्थामा आज नै महानगर र बुढानिलकण्ठका प्रमुख विच छलफल हुने श्रोतले जानकारी दिएको छ।

खोला खोलिए संगै सयौ व्यक्ति तथा विद्यालयहरु जस्ता सामाजिक संस्थाहरु समेत पिडित बनेको अवस्थामा हुन् लागेको सो छलफललाई निकै चासोका साथ हेरिएको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।