एकै विद्यालयबाट सबैभन्दा धेरै जिपिए ४ ल्याउने विद्यालय बन्यो पुष्पलाल , तिन जनाको जिपिए ४
कपन अनलाइन
काठमाण्डौ ,साउन २२।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा रहेको पुष्पलाल मेमोरियल माध्यमिक विद्यालय शैक्षिक सत्र २०७९ को एसइइ परिक्षामा मा ३ जनाले ४.० ल्याएपछि ल्याएका छन।
नियमित परिक्षामा दुई जना विद्यार्थीहरुले जिपिए ४ ल्याएको सो विद्यालयका अर्का एक छात्रले पुनर्योगमा जिपिए ४ ल्याए संगै पुष्पलाल एउटै विद्यालयबाट सबैभन्दा धेरै ४ जीपीए ल्याउने विद्यालय बनेको छ।
एसइइको नतिजा प्रकाशन हुँदा पहिले नै दुईजना विद्यार्थी आर्जु अर्याल र सम्राट आचार्यले ४.० जि. पी. ए. प्राप्त गरेका थिए भने हालै गरिएको पुनर्योगबाट अविरल दाहालले पनि ४ जि. पी. ए. प्राप्त गरेपछि पुष्पलाल मेमोरियल माध्यमिक विद्यालय सबैभन्दा धेरै ४ जिपीए ल्याउने विद्यालय बनेको हो ।
पहिले नै ३.९५ जि. पी. ए. प्राप्त गरेका अविरल दाहालले अंग्रेजी विषयको प्राप्ताङ्कमा चित्त नबुझेर पुनर्योग गर्दा ४ जिपीए ल्याउन सफल भएको प्रिन्सिपल नारायण बाबु तिमल्सिनाले जानकारी दिएका छन।