शब्द सागरका मोती : विष्णु ओली (समिक्षा)

शब्द सागरका मोती : विष्णु ओली (समिक्षा)

कपन अनलाइन

काठमाण्डौ ,असार २३।

बच्चाहरू अत्यन्त चञ्चल प्रकृतिका हुन्छन् केहि न केहि गरिरहेकै हुन्छन् । ठ्याकै यहि स्वभाव पाइन्छ हाम्रा वयासी वर्षिय इन्दुलमा । कहिले नथाक्ने ।कहिले भक्तपुर कहिले तिनकुने कहिले मंगलवजार कहिले धौमडी उनि सवेरै देखि हातमा एउटा झोला बोकेर दौडी रहेका हुन्छन् । स्वतन्त्र स्वच्छन्दतामा रमाउछन् इन्दुल । जस्तो साथी छ त्यस्तै वन्छन् इन्दुल । हामीले साथै केहि दिनको पुर्वाञ्चल झापाको यात्रा गर्यौ  विभिन्न कार्यक्रमहरूमा सरिक भयौं करिब सातदिनहामी एउटै कोठामा वसेर वितयौ  । उनि अत्यन्त रसिक छन् संगीतका पारखी इन्दुल हारमोनी वजाउने भजन लेख्ने र गायनमा पनि उत्तिकै दखल राख्दछन । हरेक कुरालाई सकारात्मक दृष्टीकोणले हेर्ने उहाँको उर्जावान क्षमतालाई प्रशंसा नगरि रहन सकिन्न ।
म आफैपनि केहि लेख्ने पढने गरिरहने भएकाले मलाई पनि उहा लेख्न पढन र प्रकासन गर्न हुटहुटी लगाई रहनुहुन्छ । हरेक कुरा समय तालिका वनायर समयभित्रगरि सक्नु पर्छ भन्ने उहाँ मान्यता राख्नु हुन्छ ।
उहाँ धेरै विषयका ज्ञाता हुनुहुन्छ ।प्राकृतिक चिकित्सा देखि लिएर उहाँ साहित्यका विभिन्न पाटाहरूको मर्मज्ञ हुनुहुन्छ । उनि एक कथाकार पुर्व प्रशासक धार्मिक अभियन्ता साथै राम्रा कवि पनि हुन । उनका बारेमा एउटा मुक्तक यसरी प्रस्तुत गर्न मन लागो ।
कहिले भक्तपुर कहिले तिनकुने गरिरहन्छन् इन्दुल
यत्रतत्र छरिएका समेटदै अघि बढीरहन्छन् इन्दुल
राष्ट्र राष्ट्रियता मानबजातीको कल्याण खातिर
कालो झोला भिरेर घर घर यत्रतत्रपुगि रहन्छन इन्दुल ।
यस्ता छन् हाम्राइन्दुल ।
उहाँको हालै प्रकासनमा आएको कृतिशब्द सागरका मोती
समीक्षा संग्रहका रूपमा देखा परेको
छ । प्रस्तुत पुस्तक अध्यन पछि उहा एक कुशल समीक्षक हुनुहुन्छ भन्ने कुराको पुष्टी हुन्छ । उहाका वारेमा प्रा डा. कृष्णप्रसाद दाहाल भन्नुहुन्छ, धेरै वटा प्राप्ती जोडिएर एउटा इन्दुल केसी वनेको हो । वास्तविकता पनि यहि हो । प्रस्तुत पुस्तकमा अनेकौ विविधता का विषयलाई समेटेर उहाले कलम चलाउनु भएको छ । यस पुस्तक भित्रउहाले साहित्यिक धार्मिक सांस्कृतिक दार्शनिक वैदिक सांगीतिक ऐतिहासिक योग ध्यान जस्ता विषय वस्तुहरू भित्र डुवुल्की मार्न पुग्नु भएको छ  । पुस्तकमा उहाले अन्यकवि लेखक हरु लाई अघि बढाउने सत प्रयास गर्नु भएको छ ।
त्यस्तै उहाँको सक्रियतामा भुकम्पले जिर्ण वनेको भजन घर पुन : निर्माण गर्नपनि उहा सक्रिय भएर समिती गठनगरि उहाँको अगुवाइमा भजनघर पुननिर्माण गरि सञ्चालनमा आएको छ  ।
पुस्तकको अन्तिम कभर पेजमा सगुन भजन भनि उहाले रचना गर्नु भएको भजन रहेको छ भजनलाई सत्यनारायण मानन्धर ज्यूले संगीत भर्नु भएको छ । उक्त भजन हामी युट्युवमा गएर हेर्नपनि सक्छौ । त्यस्तै उहाले आफ्नो शैक्षिक योग्यता प्राप्त भएका मान सम्मान जीवनी विवरणमा उल्लेख गर्नु भएको छ । रचनाकारको परिचयशिर्षकमाउहाले आफुलाई यसरी चित्रित गर्नु भएको छ ।
ऐना अगाडि आफु उभियर हेर्दा चालपाए
आफु डाडा पारीको घाम भइसकेको आभास पाए
दातझरेको छाला चाउरिएको निधार खुम्चेको देखे
फुस्रो अनुहार होचो कदको मेरो प्रतिविम्ब नियाले ।
उहा आफैलाई वर्तमान समयमा यस्तो भइसके भनेर दर्शाउनखोज्नु भएको छ तर वास्तविकतामा उहा अझै अत्यन्त सक्रिय हुनुहुन्छ ।
माथि उल्लेख गरिए बाहेक पुस्तकमा १ देखि २२ सम्म विभिन्न लेखक कविहरुका कृतिका वारेमा कलम
चलाउनु भएको छ । प्रस्तुत पुस्तकमा मेरो आफ्नो कृतिपनी रहेकाले उहालाई धन्यवाद पनि दिन चाहन्छु । उहाको यो सत्प्रयासले नेपाली साहित्य भण्डारमा एउटा मोती थपिएको अनुभव गरेको छु लेखका अन्य कृतिहरू पनि पढन  पाइरहियोस उहाको स्वस्थ जीवनको कामनागर्दै मेरो भनाई यहि विट मार्छु अस्तु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।