गजल : पुरुषोत्तम नेपाल
कपन अनलाइन
काठमाण्डौ ,असार २३।
सल्ट्याउँछु प्रोब्लम पुरा चिन्ता नलेऊ काली ।
नसुन्नु है गाउँले कुरा चिन्तन लेऊ काली ।।
सुन चाँदी हिरा मोतीदिन सक्छु सक्दिन खै ?
टुट्न दिन्नकाँचका चुरा चिन्ता नलेऊ काली ।।
आफ्नो भाग्य जस्तो होला संघर्षमै दिनबिल्ला ।
पढाउँला दुइटा भुरा चिन्ता नलेऊ काली ।।
सँधै भरी वरिपरि हुन सक्छु सक्दिन म ?
थाप्छु ढाड धस्दा छुरा चिन्ता नलेऊ काली ।।
तिम्रो मेरो एकताले ठूला जँघार तर्न सक्छौँ ।
बाधाहरू हुन्छन् लुरा चिन्ता नलेऊ काली ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।