सूचनाको हकका लागि राष्ट्रिय महासंघ काठमाडौँको प्रथम अधिवेशन सम्पन्न
कपन अनलाइन
काठमाडौं असार १७। सूचनाको हकका लागि राष्ट्रिय महासंघ काठमाडौँको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार काठमाडौँमा भएको जिल्ला कार्य समिति काठमाडौँको प्रथम अधिवेशनले राससका पत्रकार पूर्णप्रसाद मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यस्तै, उपाध्यक्षमा विनोद बस्नेत, सचिवमा कल्पना भट्टराई, सह–सचिवमा अभिमन्यू नेपाल र कोषाध्यक्षमा भीम लामा चयन भएका छन् । कार्य समितिका सदस्यहरुमा सन्तोष भण्डारी, रविराज रिमाल, जीवन शर्मा खनाल, प्रकृति खड्का र अविनाश लामिछाने चयन भएका छन् । लोकतन्त्रको रक्षा र सुशासनमैत्री समाज निर्माणमा सहयोग पुर्याउन महासंघले महत्वूर्ण कार्य गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया ।