गजल : गीता सापकोटा
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
लुट लुट जति सक्छौ, देश पारे उजार
गर गर जति सक्छौ गर्न कालो बजार ।
चपलचतुर बन्दै राष्ट्रको भक्ति छोड
अवसर अघि आए, देश पारे मजार ।
पर पर पर भागून् देशका कर्णधार
वरपर मधु छर्दै आउनेछन् हजार ।
तडकभडक गर्दै जाग अस्तित्व मेट्न
सरम हजम भैगो कस्न छोडे इँजार ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।