बुढानिलकण्ठ -१२ मा युवा लक्षित बेकरी तालिम उद्घाटन
कपन अनलाइन
काठमाण्डौ ,असार १० ।
बुढानीलकण्ठ नगरपालिका वडा नं १२ र कपन महिला समाज नेपालको सयुंक्त संयोजनमा क्षेत्र नं ४ ख का प्रदेश सभा सदस्य जयराम थापाले एक समारोहका विच २२ दिने युवा लक्षित वेकरी तालिमको उद्घाटन गरेका छन ।
प्रमुख अतिथि थापाले युवाहरूलाई तालिम पश्चात् दक्षताका साथ आर्थिक रूपमा सवल हुन मद्दत पुग्ने तथा नगरपालिकाले पनि यूवा परिषद् माफर्तमा यूवामुखि कार्यक्रम गर्ने गरेको वताए ।
त्यसै गरि विषेश अतिथि १२ न वडाका अध्यक्ष शम्भु प्रसाद भट्टराईले आफ्नो मनतव्यको क्रममा महिलाहरूले गर्ने तालिमहरूलाई अवको दिनमा व्यवसायको रूपमा अगाडि वढाउनु पर्ने कुरा जोड दिदै यस संस्थाले निकट भविष्यमा संचालनमा ल्याउन लागेको वेकरि तथा खाजा सपको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य शान्ता ढकाल , समुहका पुर्वअध्यक्षहरू , संस्थाका पदाधिकारी तथा तालिमका प्रशिक्षार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रम संस्थाकि अध्यक्ष गिता रिजालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन संस्थाको सचिव पुष्पा खड्काले गरेकी थिइन् ।