कालो-रातो : सानुराजा श्रेष्ठ ‘अन्जान’ (कविता )

कालो-रातो : सानुराजा श्रेष्ठ ‘अन्जान’ (कविता )

कपन अनलाइन

काठमाडौं असार ९ ।

हो –
कालोले झुठ बोल्दैन कहिल्यै
मलाई कालो मन पर्छ
कालोले थिचोमिचो अन्यायको
विरोध बोल्यो हिजो र
आज –
नेपथ्यमै छ भोलि के बोल्नेछ ?

हठात् रातो बोकेर हिंडेकाहरू
दिग्भ्रमित भए आज,
स्वाभिमानको माटोभन्दा
समानताको आधारभन्दा
विदेशी बूई चढी आएको रातोले
कथित सर्वहारा, पूंजीपतिले
गरीब निमूखाकै रगतले
रातो झण्डा पोतेका रै’छन्
नत्र गरीब झन गरीब –
नत्र सर्वहारा÷पूंजीपतिहरू
धनी झन् धनी किन भइरहे
दलाली सिद्धान्तले स्वाभिमानलाई आफै लुटेर ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।