बुढानीलकण्ठको नीति तथा कार्यक्रम : आन्तरिक परिक्षामा अनुतिर्ण हुने शिक्षकको जागिर धरापमा

कपन अनलाइन

काठमाण्डौ,असार  ७।

बुढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशन नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा असार ०७ गते (आज) बाट सुरु भएको छ । सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्य लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेकाे थियो ।

सभामा नगर प्रमुख अधिकारीले बुढानीलकण्ठ नगरपालीकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए  । त्यसैगरी, उपप्रमुख अनिता लामाले नगरपालीकाको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक, २०८० तथा नगरपालिकाको अनुमानित आय व्ययको विवरण पेश गरेकी थिइन् ।

नगर प्रमुख मिठाराम अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्यापन गरिरहेका शिक्षकहरुको शिक्षण स्तर मापनका लागि शिक्षण स्तर परिक्षण योग्यता परिक्षा संचालन हुने जानकारी दिइएको छ।

उक्त नीति तथा कार्यक्रमका अनुसार सो परिक्षामा न्युनतम अंक प्राप्त गर्न नसक्ने शिक्षकलाई सघन पेशागत विकास कार्यक्रममा सहभागी गराइनेछ ।

तपाइँको प्रतिक्रिया ।