बुढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम :खुल्ला प्रतिस्पर्धा बाट प्रधानाध्यापक नियुक्त गरिने

बुढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम :खुल्ला प्रतिस्पर्धा बाट प्रधानाध्यापक नियुक्त गरिने

कपन अनलाइन

काठमाण्डौ ,असार  ७।

बुढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशन नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा असार ०७ गते (आज) बाट सुरु भएको छ । सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्य लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेकाे थियो ।

सभामा नगर प्रमुख अधिकारीले बुढानीलकण्ठ नगरपालीकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए  । त्यसैगरी, उपप्रमुख अनिता लामाले नगरपालीकाको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक, २०८० तथा नगरपालिकाको अनुमानित आय व्ययको विवरण पेश गरेकी थिइन् ।

नागर सभामा प्रमुख मिठाराम अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धा बाट प्रधानाध्यापक नियुक्त गरिने उल्लेख गरिएको छ ।

सो नीति तथा कार्यक्रमका अनुसार यसरि नियुक्त प्रधानाध्यापकको परिक्षण काल ६ महिनाको रहने उल्लेख गरिएको छ भने हरेक ३ वर्षमा पुन: आन्तरिक परिक्षण गरिने जानकारी प्रदान गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।