भिजन क्लब अफ काठमाडौँ द्वारा गोकर्णेश्वरको सहयोगी मा.वि का बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

भिजन क्लब अफ काठमाडौँ द्वारा गोकर्णेश्वरको सहयोगी मा.वि का बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

कपन अनलाइन

काठमाडौं, असार ४  । सामाजिक तथा मानवीय सेवा गर्ने उदेश्यका साथ् खोलिएको  भिजन क्लब इन्टरनेसनल  अन्तर्गतको भिजन क्लब अफ काठमाडौँ ले शैक्षिक सामग्री प्रदान गरेको छ । क्लबले  आइतबार  गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्ण स्थित श्री सहयोगी माध्यमिक  बिध्यालयमा   अध्यनरत बिद्यार्थीहरुको लागि  शैक्षिक सामग्री प्रदान गरेको हो । आर्थिक रुपमा कमजोर विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुगोस् भनेर  उक्त बिध्यालयका शिशु कक्षा देखि कक्षा ५ सम्मका करिब २२९ जना  विद्यार्थीहरुलाई शैक्षिक  सामग्री  प्रदान गरेको हो ।

क्लबमा आवद्द  स्वयं सेवीहरुको आर्थिक सहयोगमा  विद्यार्थीलाई पठनपाठनमा सहजता गराउने उद्देश्यले शैक्षिक सामग्री अन्तर्गत कापी कलम  वितरण गरिएको आयोजकले जानकारी गराएको  छ ।  बिद्यार्थीहरुलाई  लायन्स क्लब का पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी,  गोकर्णेश्वर ४ का वडा अध्यक्ष जयराम महत   भिजन क्लब इन्टरनेसनल  अन्तर्गतको भिजन क्लब अफ काठमाडौँका अध्यक्ष राज कृष्ण श्रेष्ठ, क्लबका सदस्य जिवन श्रेष्ठ लगायत क्लबका सदस्यहरुले आइतबार शैक्षिक सामग्री प्रदान गरेका हुन  ।

तपाइँको प्रतिक्रिया ।