श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम जारी

 श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम जारी

कपन अनलाइन

काठमाडौं जेठ ३२ । महिलाहरुको सिप तथा क्षमता अभिवृद्धि गराई आत्मनिर्भर बनाउने उदेश्य सहित क्रिष्टल माला, चुरा, पोते बनाउने तालिम जारी रहेको छ ।  श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग तथा दीपश्री क्रियटिभ मिडियाको आयोजनामा जेठ २८ गते देखि शुरु भएको उक्त तालिम असार३ गते सम्म  चल्नेछ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेको उक्त तालिममा  काठमाडौं महानगरपालिका वडा नं ६ क्षेत्रमा बसोबास गर्ने २० जना  महिलाहरुको सहभागिता रहेको छ ।

काठमाडौं महानगरपालिका वडा नं ६ क्षेत्रमा बसोबास गर्ने २० जना बेरोजगार महिलाहरुलाई लक्षित गरि उनीहरुको क्षमता तथा विकास अन्तर्गत  ७ दिने  तालिम प्रदान गरेको हो महिलाहरु आर्थिक रुपमा कमजोर हुँदा पछाडि परेको  हुँदा उनीहरुलाई सीप सिकाइ  व्यवसायिक  र आत्मनिर्भर बनाउने प्रयास अनुरुप उक्त तालिमलाइ समितिले सहयोग गरेको श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य जानुका भण्डारी श्रेष्ठले जानकारी गराइन  ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिले  बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको छ भने   युवा तथा महिलाहरुको शिप बिकासका साथै  शिक्षा स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।