फेसबुकबाट ५७ लाख ठगी गर्ने मेलम्चीका चालिसे पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,जेठ २६।
फेसबुकमा ‘घर जग्गा लोन सेवा’ नामको पेज बनाएर लाखौँ रुपैयाँ ठगी गर्ने सिन्धुपाल्चोकका रामचन्द्र चालिसे पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ घर भई काठमाडौंको बसुन्धारा बस्ने चालिसेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
फेसबुकमा ‘घर जग्गा लोन सेवा’ नामको पेज बनाएका चालिसेले आफुलाई नकुल चालिसे, आकाश भट्टराई र आरएन क्षेत्रीका नामले चिनाउने गरेका थिए ।
२०७९ फागुन ११ गतेदेखि फेसबुकमा पेज बनाएर सक्रिय बनेका उनले त्यसपछि लोन चाहिएमा सम्पर्क गर्नुहोस् भन्दै सूचना जारी गर्न थालेका थिए । प्रहरीकाअनुसार त्यही क्रममा उनले ५७ लाख २० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
तपाइँको प्रतिक्रिया ।