कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ले ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराउने
कपन अनलाइन
काठमाडौँ ,जेठ १०। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ले ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराउने भएको छ । वडाले सार्वजनिक सुचना जारी गर्दै वडा कार्यालयको वडा स्तरीय योजनाको सामाजिक विकास अन्तर्गत ज्येष्ठ नागरिक कल्याण समितिको दोस्रो बैठकको निर्णय अनुसार ज्येष्ठ नागरिकहरुलाई धार्मिक तिर्थयात्राका लागि २०८० साल जेठ मसान्त भित्र जाने कार्यक्रम भए अनुसार निम्न कागजात सहित ज्येष्ठ नागरिकहरुले वडा कार्यालयमा वा उल्लेखित ब्यक्ति संग सम्पर्क गरि मिति २०८० साल जेठ १६ गते भित्र नाम टिपाउन सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
आवश्यक कागजात :
नागरिकता प्रमाणपत्रको फोटोकपी वा ज्येष्ठ नागरिकको परिचयपत्रको फोटोकपि
सम्पर्क ब्यक्तिहरु
सुनकुमार नगरकोटी ९८४१५५८७५
राम कृष्ण भण्डारी ९८४१०६११८८
रामहरी शर्मा पुडासैनी ९८४९ १६२५९२
साथै दिर्घ रोगि र संबेदनशील रोगको औषधी सेवन गर्नेहरुका लागि उक्त कार्यक्रममा सहभागी गराउन नसकिने स्वस्थ र हिडडुल गर्न सक्ने ज्येष्ठ नागरिकहरुलाई मात्र सहभागी गराइने सुचनामा उल्लेख गरिएको छ ।