शंखरापुर नगरपालिका वडा नं ६ मा क्षयरोगको स्क्रिनिङ हुने
कपन अनलाइन
काठमाडौं,जेठ ८ । शंखरापुर नगरपालिका वडा नं ६ मा क्षयरोगको स्क्रिनिङ हुने भएको छ ।
शंखरापुर नगरपालिकालाइ क्षयरोग मुक्त नगरपालिका घोषणा अभियानको सिलसिलामा यहि मिति २०८० साल जेठ ९ गते मंगलबार वडा नं ६ निवासीहरुलाई लक्षित गरेर इपाटोलको कृष्ण पाटि (पुखुलाक्षी स्वास्थ्य चौकी नजिकै) मा बिहान १० बजे देखि ३ बजे सम्म नि:शुल्क क्षयरोग परिक्षण शिविर हुने भएको हुँदा उक्त शिविरमा सहभागी हुनको लागि अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।