समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाको अध्यक्षमा भीम लामा
काठमाडौँ,जेठ ७ । समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाले भीम लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा भौतिक पुर्वाधार एवं यातायात मन्त्री मा.प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा शाखाको शनिबार सम्पन्न प्रथम अधिवेशनले
उपाध्यक्षमा लक्ष्मी चौलागाईँ र रुपचन्द्र महर्जन, सचिवमा योगेन्द्र चौलागाईँ, सहसचिवमा बद्री चौलागाईँ र गणेश विक, कोषध्यक्षमा सुजन पाख्रिन तथा सदस्यमा डिगबहादुर श्रेष्ठ र स्यारोन घिसिङ लाइ सर्वसम्मत चयन गरेको छ । कार्यसमितिले दुई सदस्य मनोनयन गर्नेछ ।
तपाइँको प्रतिक्रिया ।