बुढानीलकण्ठमा ३५ जनाले लिए कफि बारिष्टा र बेकरी तालिम

कपन अनलाइन
काठमाडौं, जेठ ६।

गरीबि निवारणका लागी लघु उद्यम कार्यक्रम ‘मेड्पा’ अन्तरगत १ महिने कफि बारिष्टा तथा बेकरीको सीपमुलक तालिम सम्पन्न भएको छ ।तालिममा वडा नं १ र ३ का सहभागिहरुले प्रशिक्षण लिएका थिए । तालिम २०७९ चैत्र ३० बाट गते सुरु भएको थियो ।

जसमध्ये २३ जनाले कफि-बारिष्टा तालिम लिएका थिए भने १२ जनाले बेकरी तालिम लिएका थिए । तालिम चक्रपथ स्थित मितिनि क्याफेमा सञ्चालन गरिएको थियो ।

तालिमको समापन कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, वडा नं १ का  अध्यक्ष सुरेन्द्र लामा, आर्थिक विकास समिति संयोजक रिना श्रेष्ठ, वडा नं ०३ सदस्य बालमाया श्रेष्ठ लगायत प्रशासकिय अधिकृत केदार कुमार खड्का, उद्यम सहजकर्ता जनार्दन मिश्र, सरस्वती लोहार, कफि बारिष्टा प्रशिक्षक दावा फुटि शेर्पा, दावा लामा, बेकरी प्रशिक्षक शिवहरी मानन्धर र प्रशीक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

सिपमुलक तालिम लिन पाएकोमा सहभागिहरुले नगरपालिकालाई धन्यवाद दिँदै यसकै एड्भान्स तालिमको माग गरेका छन् । सहभागीहरुले समुह गठन गरेर नगरभित्रै ‘कफि सप’ तथा ‘बेकरी’ स्थापना गरेर उद्यममा संलग्न हुने योजना बनाएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।