बुढानिलकण्ठबाट पूर्व मन्त्री टोपबहादुर रायमाझी पक्राउ
कपन अनलाइन
काठमाडौं, बैशाख ३१।
प्रहरीले पूर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गरेको छ । आइतबार साझ बुढानिलकण्ठ नगरपालिका वडा नं ४ पासिकोट बाट प्रहरीले पक्राउ गरेको हो ।
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए ।थप विवरण आउन बाँकी छ।
तपाइँको प्रतिक्रिया ।