शंखरापुर नगरपालिका द्वारा किसानलाइ बर्षे घाँसको बिउ वितरण

शंखरापुर नगरपालिका द्वारा किसानलाइ बर्षे घाँसको बिउ वितरण

कपन अनलाइन

काठमाडौं, बैशाख ३० । शंखरापुर नगरप्रमुख रमेश नापितले नगरपालिकाका विभिन्न वडाका कृषकहरुलाइ  बर्षे मकैचरी भन्ने घाँसको बिउ वितरण गरेका छन् ।पशुपालनमा आवद्ध रहेका कृषकहरुका लागि पशुआहारमा सुधारगरी उत्पादनमा बृद्धि गर्ने उद्धेश्यका साथ सो विउ वितरण गरिएको  नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको पशु स्वास्थ्य विभाग मार्फत नगरपालिकाका ८० जना भन्दा बढी कृषकलाई उन्नत घाँसको बिउ वितरण गरिएको नगरपालिका ले जानकारी गराएको छ  । बर्षे घाँसको बिउ  एक पटक लगाएपछि ४ पटक सम्म काट्न मिल्ने र  २ केजी बिउले एक रोपनी क्षेत्रमा घाँस लगाउन सकिने छ ।

आवेदन नदिएका तर बिउ बितरण कार्यक्रममा आइपुगेका किसानलाई पनि बिउ वितरण गरिएको नगरपालिकाले जानकारी गराएको छ  ।घाँउको विउ वितरण कार्यक्रममा नगरप्रमुख रमेश  नापितले कृषकहरुलाई पशुपालन गर्न सहज होस भन्ने लक्षका साथ घाँसको बिउ वितरणको कार्यक्रम ल्याएको बताउँदै नगरपालिकाले आगामी दिनमा पनि कृषकहरुका लागि यस्ता कार्यक्रमहरु अघि बढाउने जानकारी दिएका छन्। यो घाँसबाट साइलेज बनाएर पनि राख्न सकिने भएका कारण कृषकहरुका लागि उपयोगी हुने नगरपालिकाको भनाई रहेको छ ।

तपाइँको प्रतिक्रिया ।