सडक सौन्दर्यका लागि गोकर्णेश्वर ५ का सडक किनारमा वृक्षारोपण तथा सरसफाई

कपन अनलाइन

काठमाडौं बैशाख ३० । गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा  सडक सौन्दर्य करणका लागी बिभिन्न फुलजातका बिरुवा रोपिएको छ ।   वडा अध्यक्ष  तथा नगर प्रवक्ता समेत रहेका नारायण बहादुर सुवेदीको  पहल तथा नगरपालिकाको आर्थिक सहयोगमा वडा नं ५ जोरपाटी चोक देखि बराल  पेट्रोल पम्प सम्मको  सडकका दायाँ बायाँ  बिभिन्न सौन्दर्य प्रजातिका  बिरुवा नगर प्रमुख दिपक कुमार रिसाल सहित स्थानीयको सहभागितामा  रोपिएको हो ।  हरियाली प्रवर्द्धन गर्ने उदेश्यका वृक्षारोपण गरिनुको साथै सो बिरुवाको संरक्षणको लागि तार जाली समेत राखिएको थियो । पहिलो चरणमा केहि महिना पहिला दादाको पारी पट्टिको सडक पेटीमा वृक्षारोपण गरिएको थियो । भने शुक्रबार जोरपाटी चोक देखि बराल पेट्रोल पम्प सम्मको वारी पट्टिको सडक पेटीमा वृक्षारोपण गरिएको हो ।

स्थानीयलाइ उक्त बिरुवा संरक्षण गर्नको लागी समेत  नगर  प्रमुख दिपक कुमार रिसालले अनुरोध गर्दै सडक किनारमा गरिएको वृक्षारोपणले सडक सौन्दर्य मात्र नभई बातावरण प्रदुषण गर्न समेत सहयोग पुर्याउने हुनाले वृक्षारोपण गरिएको र अन्य स्थानमा पनि वृक्षारोपण कार्यलाई निरन्तरता दिदै जाने बताए । उनले उक्त बिरुवाहरुको अपनत्व लिई संरक्षण गर्नको लागि स्थानीयलाइ अनुरोध गरेका थिए ।

वडा अध्यक्ष  नारायण बहादुर सुवेदीले बढ्दो अव्यवस्थित सहरीकरणले हरियाली क्षेत्र मासिँदै गएको अवस्थामा हरियाली प्रवर्द्वनमा सहयोग पुर्याउनुको साथै सडक सौन्दर्य समेत बढाउने हुनाले वृक्षारोपण गरिएको बताए ।उनले रोपेको बिरुवाले प्रकृतिको संरक्षणमा सकारात्मक जनचेतना फैलाउन सहयोग पुर्‍याउने बिश्वास लिदै सो बिरुवा संरक्षणमा स्थानीयले सहयोग गर्ने पनि विश्वास ब्यक्त गरेका छन ।कार्यक्रममा भेनस पब्लिक स्कुलका बिद्यार्थीहरुले सरसफाई समेत गरेका थिए । उक्त कार्यक्रममा वडा सदस्यहरु कमला नेपाली ,दुर्गा राना मगर ( लक्ष्मी ) श्री श्रीबहादुर योगी , धर्म थिङ लामालगायत स्थानीयको समेत सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।