बौद्धनाथ परिसरमा कवि गोष्ठी सम्पन्न
कपन अनलाइन
काठमाडौँ, बैशाख २१ । विश्व सम्पदामा सुचिकृत बौद्धनाथ परिसरमा कवि गोष्ठी सम्पन्न भएको छ । बिहिबार श्री बौद्धनाथ क्षेत्र विकास समितिले २५६७ औँ बुद्ध जयन्तीको अवसर पारेर साहित्यिक श्रष्टा सम्मिलित हामो संस्कृति हाम्रो सम्पदा, शान्ति र बुद्द सम्बन्धि कविता गोष्ठी सम्पन्न भएको हो ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा भएको उक्त कवि गोष्ठीमा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा बाग्मती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा,पूर्व जर्मनका लागि नेपाली राजदुत डा. रमेश खनाल, बरिष्ठ साहित्यकार बिजय चालिसे, श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्ती माया तामाङ, समितिका सदस्यहरु जानुका भण्डारी, पशुपतिनाथ खतिवडा (श्याम) राग्वा शेर्पा, साहित्यकार बिजय चालिसे , गोबिन्द घिमिरे (बेदमणि), बाजुराम पौडेल, परशुराम परासर, बिमल अर्याल ,शुशील आचार्य, शान्ति रिसाल श्री बौद्धनाथ क्षेत्र विकास समितिका प्रमुख सल्लाहकार गोपाल बराल , लगायत साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन संचारकर्मी यज्ञराज घिमिरे (गोपाल)ले गरेका थिए ।
समितिको सदस्य जानुका भण्डारी श्रेष्ठले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा कवि एवम् कवयित्रीले वर्तमान नेपालमा बुद्धको शान्ति, अहिंसा र मानवताको सन्देश फैलाउनुपर्ने भावका रचना पाठ गरेका थिए ।कार्यक्रमलाइ सम्बोधन गर्दै बिशेष अतिथि बाग्मती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले समाज रुपान्तरणमा साहित्यको महत्वपूर्ण भूमिका रहेको चर्चा गरेका थिए ।
उनले बुद्द जयन्तीको अवसरमा क्षेत्र विकास समितिले गरेको उक्त कार्यको प्रसंशा गर्दै साहित्यकारहरुको उचित सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले काठमाडौं क्षेत्र नं ३ साहित्यको उर्भर भुमि रहेको बताए ।
उनले आफु गोकर्णेश्वर नगर प्रमुख हुँदा समेत साहित्यलाइ प्राथमिकतामा राखेर काम गरेको स्मरण गर्दै समाज सुधार गर्नुको नै साहित्यको उदेश्य रहेको बताउदै साहित्यलेल समाजका बिकृति विसंगतिहरुलाई हटाएर एक असल समाज निर्माण गर्न मद्दत गर्ने समेत बताएका थिए ।
उनले यस्ता कार्यक्रमलाइ निरन्तरता दिनुपर्नेमा जोड दिदै बुद्द जयन्तिको कामना सहित बुद्दले सिकाएको ज्ञानलाइ अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पूर्व जर्मनका लागि नेपाली राजदुत डा. रमेश खनाल,बौद्धनाथ क्षेत्र विकास समितिका प्रमुख सल्लाहकार गोपाल बराल बरिष्ठ साहित्यकार बिजय चालिसे लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा सहभागी कवि एवम् कवयित्रीहरुलाई श्री बौद्धनाथ क्षेत्र विकास समितिले सहभागिताको प्रमाण पत्र को साथै मायाको चिनो समेत प्रदान गरेको थियो ।
अध्यक्षताको आसन बाट बोल्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उपस्थित सबैलाई धन्यवाद दिदै क्षेत्र बिकास समितिले साहित्यकारहरुलाई एकाकार गर्ने उदेश्य सहित उक्त कार्यक्रम आयोजना गरेको बताए बिगतमा बुद्द जयन्तिको अवसरमा हुदै आएको यस्ता कार्यक्रम कोभिड पश्चात रोकिएको जानकारी दिदै उक्त कार्यक्रमलाइ पुन: सुरु गरिएको समेत उनले जानकारी गराए । उनले आगामी दिनमा पनि क्षेत्र विकास समितिले कार्यक्रमलाइ निरन्तरता दिने जानकारी दिदै २५६७ औँ बुद्ध जयन्तीको शुभकामना दिएका थिए ।