सुर्खेतमा दोश्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त हुने

सुर्खेतमा दोश्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त हुने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६ ।

मदन भण्डारी स्पोर्टस एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोश्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त राष्ट्रिय प्रतियोगिता जेठ १३ गते सुर्खेतमा हुने भएको छ । ७२ औं मदन स्मृति तथा मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको विविध खेलकुदअन्तर्गत रेस्लिङको दोश्रो संस्करण सुर्खेतमा हुन लागेको नेपाल रिङ रेस्लिङ संघकी महासचिव समेत रहेकी एकेडेमीकी केन्द्रीय उप–महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगितामा लाइट वेटतर्फ सिजे वल्र्ड र कम्व्याटको भिडन्त हुने छ । यसका साथै महिलातर्फ तन्नु र आकृती भिड्ने छन् भने ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिमसंग तथा एक्स हिरोबीच हुनेछ ।

हार्डकोर भिडन्तमा चट्टान र स्पाइडरम्यान उपाधिका लागि रिङमा उत्रने छन् । लाइट वेटमा डेभिडले र साइनको सामना  गर्नेछन् । त्यस्तै नुवाकोटे टाइगर र किङ रोर्वोटबीच हेभीवेटमा भिड्ने छन् ।
लाइट वेटतर्फको विजेताले नगद ५० हजार, ट्याग टिम च्याम्पियनले नगद ५० हजार, लेडिज वेट च्याम्पियनले नगद ६० हजार, मिडल वेट च्याम्पियनले नगद ७० हजार, हार्डकोर च्याम्पियनले नगद ७५ हजार र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५ हजार प्राप्त गर्ने छन् ।
उप–महासचिव श्रेष्ठले प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटनको विकाससंगै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

तपाइँको प्रतिक्रिया ।