ऐना : विद्या ढकाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३ ।
‘यो ऐना पनि उस्तै छ ।’– शीतल श्रीमतीतिर हेरेर चर्को स्वरमा कराए ।
‘अनि के भो र ?’ – श्रीमतीको जिज्ञासा थियो ।
‘के हुनु नि ? यो पनि पहिलेको जस्तै छ ।’ शीतल असन्तुष्टीको भावमा बोले ।
‘बजारबाट राम्रै हेरेर ल्याएको । ऐनामा त्यस्तो केही खराबी थिएन त ।’ – श्रीमती स्पष्टिकरणको भाषा बोलिन् । ‘हेर त पूरै दागै दाग छ । राम्रोसँग छान्न जान्नु छैन ।’ – शीतल हप्काउने पारामा बोले ।
श्रीमती काम गरिरहेको ठाउँबाट श्रीमान भएको ठाउँमा आइन् । पालैपालो ऐना अनि श्रीमानको अनुहार हेरिन् । अनि चर्कै स्वरमा हकारिन् –‘जे छ त्यही देखायो । बेकार ऐनालाई दोष ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।